मंगलबार, भदौ ९, २०८३

बाढीले मनाङमा चार घर बगायो (भिडियोसहित)

भारी वर्षासँगै घट्टे खोलामा आएको बाढीले  हिमालपारीको जिल्ला मनाङको चामे गाउँपालिका-४ स्थित नयाँ बजारमा ठूलो क्षति पुर्‍याएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- भारी वर्षासँगै घट्टे खोलामा आएको बाढीले  हिमालपारीको जिल्ला मनाङको चामे गाउँपालिका-४ स्थित नयाँ बजारमा ठूलो क्षति पुर्‍याएको छ। बर्खा नलाग्दै शनिबार आएको बाढीले ठूलो क्षति पुर्‍याएको सीडीओ बिष्णु लामिछानेले बताए।

उनले बाढीले एक घरमा पूर्ण क्षति पुगाउनुका साथै चार कटेरा बगाएको बताए। 'खहरे खोला हो। हिमालपारीको जिल्लामा खोलामा यति ठूलो बाढी आएको पहिलो घटना हो। १० घरमा पानीसँगै पसेको बालुवाले मोटरसाइकल पुरिएका थिए। हामीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियतामा घरबाट बालुवा लिकाल्ने काम गरिसकेका छौं',  उनले भने।

सीडीओ लामिछानेले बाढीले १ किलोमिटरसम्म बाटोमा खाल्डाखुल्डी पारेको र त्यसको मर्मत कार्य भइरहेको बताए।

उनले शनिबार बेलुकीदेखि मौसममा सुधार आएसँगै  खोलाको बाढी नियन्त्रणमा आएको जानकारी दिए।

यास् चक्रवातको प्रभावले नेपालमा मौसम सक्रिय रहेको छ। जसको प्रभावले भारी वर्षा भएकाले बर्खा नलाग्दै बाढी आएको बताइएको छ।

प्रकाशित: May 30, 2021| 02:44 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।