शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : संक्रमणमुक्त हुने बढ्दै, अस्पताल खाली हुँदै

सुदूरपश्चिम : संक्रमणमुक्त हुने बढ्दै, अस्पताल खाली हुँदै

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा एक हजार ४५ जना संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, जेठ १६, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

आइतबार, जेठ १६, २०७८

vianetvianet

धनगढी - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा एक हजार ४५ जना संक्रमणमुक्त भएका छन्। सो अवधिमा ४९० जना कोरोना संक्रमित थपिए। 

triton college

एक हजार ७७६ नमुना परीक्षण गर्दा थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर बढी छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। 

निर्देशनालयका अनुसार शुक्रबार ५२२ जना थपिँदा ८९३ जना संक्रमणमुक्त भए। जेठ १३ गते ४८७ थपिँदा ५६९ जना संक्रमणमुक्त भएका थिए। 

निर्देशनालयका अनुसार जेठ दोस्रो सातायता प्रदेशमा संक्रमण दर घटेको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणदर २७.५९ प्रतिशत छ। एक हजार ७७६ को नमुना परीक्षण गर्दा ४९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। 

National life insurance

जेठ पहिलो सातासम्म संक्रमण दर ४४-४५ प्रतिशत रहेकोमा दोस्रो साता यता ३१.८४ प्रतिशत छ। 

जेठ ८ देखि १५ गतेसम्म ९ हजार ७९१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ११८ जनामा कोरोना संक्रमण भेटिएको थियो। 

मृत्युदर पनि घट्यो

प्रदेशमा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटेको छ। १० गते उता प्रदेशमा मृत्यु हुनेको संख्या दुई अंक रहेकोमा त्यसयता मृत्यु हुनेको संख्या एक अंकमा झरेको छ। 

निर्देशनालयका अनुसार जेठ ११ गते ९ जना, १२ गते ५ जना, १३ गते ९ जना, १४ गते ३ जना र १५ गते ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेशमा हालसम्म ४८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

प्रदेशमा सक्रिय संक्रमितको दर ३१.९१ प्रतिशत छ। प्रदेशमा १३ हजार ३१४ जना कोरोनाका सक्रिय संक्रमित छन्। 

कुल संक्रमितमध्ये २१० जना प्रदेशका सरकारी अस्पतालमा उपचार भइरहेको छ। केहीको प्राइभेट, सामुदायिक अस्पताल, स्थानीय पालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनमा उपचार भइरहेको छ भने धेरै जसो होमआइसोलेसनमा छन्। 

खाली हुँदै अस्पतालका शय्या

कोरोनाभाइरस संक्रमितले भरिभराउ रहेको सुदूरपश्चिमका अस्पतालका शय्या अहिले खाली हुँदै गएको छ। 

सुदूरपश्चिमका प्रदेशका १२ वटा सरकारी अस्पतालमा रहेका ९७६ मध्ये आइसोलेसनका लागि ४७३ शय्या छुट्याइएको छ। तर, अहिले अस्पतालमा २१९ जना मात्र उपचारमा छन्। 

सो अस्पतालमा ३४ भेन्टिलेटर र ६३ आईसीयूमध्ये ५६ आईसीयू र २७ भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याइएको छ। तर, अहिले आईसीयूमा २५ र भेन्टिलेटरमा १० जनाको उपचार भइरहेको छ।

प्रकाशित: May 30, 2021| 04:49 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।