आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हारपछि माफी माग्दै प्रशिक्षक अल्मुताइरीले भने- सुधार गर्न अझै समय चाहिन्छ

हारपछि माफी माग्दै प्रशिक्षक अल्मुताइरीले भने- सुधार गर्न अझै समय चाहिन्छ

विश्वकप छनोटअघि नेपालले इराकविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा ६–२ गोलले हार बेहोरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले माफी मागेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं – विश्वकप छनोटअघि नेपालले इराकविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा ६–२ गोलले हार बेहोरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले माफी मागेका छन्।

उनले खेलाडीप्रतिको विश्वका कायम राख्नुपर्ने भावमा भने, ‘म सबै नेपालीसँग माफि माग्न चहान्छु कि हामीले राम्रो नतिजा निकाल्न सकेनौं। म यो खेलको पूर्ण जिम्मेवारी लिनेछु। कुनै खेलाडीले दबाब महशुस गर्नु पर्दैन। समर्थकले पनि खेलाडीलाई दबाब नदिनु होला।’

पहिलो हाफमा राम्रो खेलेको नेपाली टोलीले दोस्रो हाफमा के कारण बिग्रियो भन्ने प्रश्नमा उनले भने, ‘यो प्रशिक्षण ११-१२ दिनको मात्रै थियो। यदि धेरै समय प्रशिक्षण गर्न पाएको भए हामीले पक्कै हाम्रो पक्षमा नतिजा निकाल्न सक्थ्यौं।

उनले राम्रो नतिजाका लागि धैर्य गर्नुपर्ने बताएका छन्। उनले भने, ‘हामीले छनोटमा अझै राम्रो खेल्नेछौं। हामी आज खुसी हुन सकेनौं होला। आगामी दिनमा हुने खेलमा सुधार्दै जाने छौं। हामीले दुई–एक गोलको अग्रता बनाइसकेको थियौं। तर, गुमायौं। यो परिवर्त हुँदै जान्छ,’ उनले भने।

नयाँ खेलाडीको प्रदर्शन कस्तो छ? भन्ने प्रश्नमा उनले खेलाडीको प्रदर्शन राम्रो रहेको बताए। शनिबार रातिको खेलमा डेब्यु गरेका मनिष डाँगिले गोल गरेका थिए। त्यहि बेला नेपालले इराकविरुद्ध २–१ गोलको अग्रता बनाएको थियो।

उनले भने, ‘नयाँ खेलाडीको प्रदर्शन पनि राम्रो देखियो। यसमा भिज्नका लागि अझै समय चाहिन्छ। खेलाडीलाई समर्थकबाट विश्वास पनि चाहिन्छ।’

उनले शनिबारको खेलमा 'सिल्ली मिस्टेक' गरेको बताएका छन्। त्यसका लागि अघिल्लो खेलमा चनाखो भएर खेल्नुपर्ने आवश्याकतामा ध्यान दिने बताए।

प्रकाशित: May 30, 2021| 04:53 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।