बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरे

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरे

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीय प्रेमिका कैरी साइमन्ड्ससँग शनिबार बिहे गरेको बेलायती पत्रिका डेली मेलले जनाएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीय प्रेमिका कैरी साइमन्ड्ससँग शनिबार बिहे गरेको बेलायती पत्रिका डेली मेलले जनाएको छ।

National life

उनीहरुले घरपरिवार तथा आफन्तको उपस्थितिमा क्याथोलिक वेस्ट मिनिस्टर चर्चमा बिहे गरेका हुन्। प्रधानमन्त्री जोनसनको बिहेमा आफन्त र परिवारका ३० जना उपस्थित रहेको पत्रिकाले जनाएको छ। कोरोना भाइरसको महामारी तथा रोकथामका लागि भन्दै बेलायत सरकारले ३० जनाभन्दा बढी भेला हुन नपाइने नियम लागु गरेको छ।

बोरिस जोनसन र कैरीको प्रेम सम्बन्ध सन् २०१९ मा बाहिर आएको थियो। कैरी सन् २०२० मा गर्भवती भएको खबर बाहिरिएको थियो। अहिले जोनसोन र कैरीका एक छोरा छन्।


 

प्रकाशित: May 30, 2021| 06:40 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।