मंगलबार, भदौ ९, २०८३

बजेट अधिवेशन आह्वान गर्न विपक्षी दलकाे माग

प्रदेश १ का विपक्षी दलका नेताहरूले बजेट अधिवेशन छिटो आह्वान गर्न माग गरेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

विराटनगर - प्रदेश १ का विपक्षी दलका नेताहरूले बजेट अधिवेशन छिटो आह्वान गर्न माग गरेका छन्।

आइतबार बिहान प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीलाई निवासमा भेट गरी प्रदेश सरकारले बजेट ल्याउने समय नजिक आए पनि अधिवेशन आह्वानमा ढिलाइ भएकाे उनीहरूले बताएका थिए।

जेठ १६ भित्र पूर्वबजेट माथि छलफल हुनुपर्ने त्याे पनि नभएकाे, अधिवेशन आह्वानमा ढिलाइ भएकाे र काेराेना संक्रमण राेकथाम र नियन्त्रणमा अपेक्षित काम नभएकाेबारे प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएकाे भेटमा सहभागी माओवादी केन्द्रका नेता तथा पूर्व राज्यमन्त्री विजय विश्वासले जानकारी दिए। 

भेटमा कांग्रेस संसदीय दलका नेता राजीव काेइराला, प्रमुख सचेतक केदार कार्की, जसपा दलका नेता जयराम यादव, माओवादी केन्द्रका सांसदहरू विजय विश्वास, कुशल लिम्बू लगायत सहभागी थिए।

यसअघि चार विपक्षी दलले पत्रकार सम्मेलन गरी बजेट अधिवेशन छिटाे आह्वान गर्न माग गरेका थिए।

प्रकाशित: May 30, 2021| 03:55 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।