मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधान उल्लंघन गर्‍यो : विपक्षी गठबन्धन 

अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधान उल्लंघन गर्‍यो : विपक्षी गठबन्धन 

सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएको छ। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरेको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै आपत्ति जनाएको हो। 

बैठकले साझा धारणा संयुक्त विज्ञप्तीमार्फत सार्वजनिक गर्ने भएको छ। बैठकमा सहभागि नेताहरूले संविधान विपरीत सरकारबाट भएका गतिविधिको विरोधमा संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ। 

बैठकमा  देउवा,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा र देव गुरूङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागि थिए।

प्रकाशित: May 30, 2021| 06:10 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।