मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेटमा प्रदेश १ का अर्थशास्त्री र उद्योगी-व्यवसायीको मिश्रित प्रतिक्रिया

बजेटमा प्रदेश १ का अर्थशास्त्री र उद्योगी-व्यवसायीको मिश्रित प्रतिक्रिया

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको बजेटको प्रदेश १ का अर्थशास्त्री र उद्योगी-व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

विराटनगर- संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको बजेटको प्रदेश १ का अर्थशास्त्री र उद्योगी-व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्। आगामी आर्थिक वर्षको बजेट विगतको भन्दा राम्रो भए पनि कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको उनीहरूको निश्कर्ष छ।

अर्थशास्त्री डा. अर्जुन बरालले प्रतिकुल परिस्थितिमा आएको बजेट समग्रमा राम्रो भएको बताए। उनले बजेटले धेरैकुरालाई समेट्न खाजेको बताए। बृद्धबृद्धा, कर्मचारी, उद्योगी सवै क्षेत्रलाई सन्तुष्ट पार्न खोजेको उनले बताए। 

बजेटको डकुमेन्ट हेर्दा भन्दा राम्रो भएको डा. बरालले बताए। उनले भने, ‘बजेट विगतका वर्षका भन्दा वास्तविक पनि छ।’ बजेट कार्यान्वयन जान ८–९ महिना लाग्नु नहुने उनले बताए। बजेट कार्यान्वयन भए धेरै राम्रो हुने उनले बताए।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सरकारले कोरोना संक्रमणको नियन्त्रणका लागि ध्यान दिनु राम्रो र स्वागत योग्य काम भएको उनले बताए। उनले राजश्व उठाउने लक्ष्य ठूलो भएको बताए। सरकारले सार्वजनिक गरेको बजेट कार्यन्वयन पछि मात्र थाहा हुने उद्योगी राउतको भनाई छ। उनले भने, ‘कार्यान्वयन पक्षले बजेट सफल वा असफल निर्धारण गर्छ।’ 

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्यमीहरूले उठाउँदै आएका मागहरू बजेटमा सम्बोधन भएकोमा खुशी व्यक्त गरे। उनले डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुनु र औद्योगिक व्यवसायको क्षेत्रलाई बजेटले राम्रोसँग समेट्न खोजेको उनले बताए। 

उद्योग संगठन  मोरङका  अध्यक्ष सुयस प्याकुरेलले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा दुई तहको फरक हुनुपर्छ भन्ने उद्योगीको मागलाई एक तहको फरक पर्ने ब्यवस्था गरिनु स्वागत योग्य भएको बताए। कोभिडको संक्रमण नियन्त्रणका लागि भएको निषेध आदेश अवधिको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्नु सकारात्मक भएको उनले बताए।  

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले सुनसरीको अमडुवामा रहेका ६ सय ५० विगामा जमिनमा आर्थिक क्षेत्र बन्नुपर्छ भनेर पटक–पटक उठाउँदै आएको माग सम्बोधन भएका बताए। उनले प्रदेशस्तरीय प्रर्दशनीस्थल निर्माण गर्ने घोषणा गर्नु स्वागत योग्य भएको घिमिरेले बताए। 

उनले भने, ‘प्रदर्शनी स्थलका लागि सरकारले बजेट छुट्याउनु राम्रो हो।’ उद्योगी व्यवसायीले पटक पटक उठाउँदै आएका मागहरू आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनु स्वागत योग्य भएको उनले बताए। घिमिरेले भने, ‘सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्छ।’

पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले सरकारी कर्मचारीलाई तलवसहित विदा दिने बजेटमा उल्लेख गरिनु राम्रो भएको प्रतिक्रिया दिए। उनले कर्मचारीलाई तलवसहितको विदाले आन्तरिक पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे। 

जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले स्वास्थ्यको बजेट चालु आर्थिक वर्षको भन्दा बढी आउनु सकारात्मक भएको बताए। बढी बजेट आउनु  नै राम्रो पक्ष भएको उनले बताए। स्वास्थ्य क्षेत्रमा आएको बजेट कार्यान्वयनमा जान सके राम्रो हुने उनले बताए। श्रेष्ठले भने, ‘बजेट कार्यान्वयनमा गएपछि मात्र परिवर्तन देखिने छ।’ उनले कार्यान्वयनका लागि समयसीमा छुट्याएर अघि बढे राम्रो हुने बताए।

प्रकाशित: May 30, 2021| 05:22 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।