काठमाडौं - देउवा निवास बूढानीलकण्ठमा विपक्षी दलका शीर्ष नेता छलफलमा जुटेका छन्।
विपक्षी गठबन्धन अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न देउवा निवासमा छलफलमा जुटेका हुन्।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा र देव गुरूङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।
