नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भएको भेटमा राष्ट्रिय राजनीति, सर्वोच्च अदालतमा विचारधीन प्रतिनिधि सभा विघटनको मुद्दा र कांग्रेसको आगामी महाधिवेशनबारे छलफल भएको शंशाक कोइरालाले जानकारी दिएका छन्।
सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएपछि यतिबेला सामाजिक सञ्जालमा जातीय विभेदको बहस चुलिएको छ। तर, आफूलाई सेलिब्रेटी भन्ने कलाकारहरूले नै यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भन्दै सामाजिक सञ्जालमा...
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरूले शुक्रबार सिंहदरबार घेराउ गर्ने भएका छन्। उनीहरूले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराउ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जनाएका छन्।
हाम्रो जीवनमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ। स्वस्थ रहनका लागि स्वस्थ आहार आवश्यक हुन्छ। यदि हामीले हाम्रो खानामा पोषक तत्व, प्रोटीन, भिटामिन जस्ता तत्व शामिल गरेनौं भने बिरामीको मारमा पर्न सक्छौं।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नु पर्छ। सो अनुसार अधिकांश स्थानीय तहले बिहीबार बजेट सार्वजनिक गरेका छन्।
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।