काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नु पर्छ। सो अनुसार अधिकांश स्थानीय तहले बिहीबार बजेट सार्वजनिक गरेका छन्।
१७ वटा स्थानीय तहले सार्वजनिक गरेको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गरेका छन्। संघीय मन्त्रालयका अनुसार प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका तीनवटा स्थानीय तहले संघीय मन्त्रालयको प्रणालीमा प्रविष्ट गराएका हुन्।
त्यस्तै बागमतीको एक स्थानीय तह, गण्डकीको ६ स्थानीय तह र कर्णालीको एक स्थानीय तहले संघीय मन्त्रालयको प्रणालीमा प्रविष्ट गराएका हुन्।
लुम्बिनी प्रदेशका कुनै पनि स्थानीय तहले मन्त्रालयको सिस्टममा प्रविष्ट नगराएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सिस्टममा प्रविष्ट हुने क्रम जारी रहेको उल्लेख गरेको छ।