आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इटालीले दियो २० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री

इटालीले दियो २० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री

इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- इटालीले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।

युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत् इटालीले नेपाललाई २० थान भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो। 

नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई हस्तान्तरण गरिन्।

सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरिन्।

प्रमुख विशेषज्ञ डा. पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए। 

यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ।

प्रकाशित: Jun 25, 2021| 06:28 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।