आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कारबाही माग गर्दै मेडिकल काउन्सिलमा उजुरी

उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कारबाही माग गर्दै मेडिकल काउन्सिलमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्रलाई कारबाही गर्न मेडिकल काउन्सिलमा उजुरी परेको छ।  
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्रलाई कारबाही माग गर्दै मेडिकल काउन्सिलमा उजुरी परेको छ।  

शशि विक्रम कार्की र आशिष राइले उनीविरुद्ध उजुरी दिएका हुन्। 'काउन्सिलबाट २४८७ नम्बरमा दर्ता भएका डा. गिरीले कुनै विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले हात प्रतिष्ठानको उपकुलपति भएको भन्ने सञ्चारमाध्यमबाट आइरहेको छ', विज्ञप्तिमा भनिएको छ।

उनका सबै कागजात अध्ययन गरी दोषी पाइए नकाउन्सिलको ऐन २०२० को दफा २७ उपदफा १ अनुसार 'आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडि लेखेको' कसुर अन्तर्गत तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना दुवै सजाय दिने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

डा. गिरीले कुनै विश्वविद्यालयबाट वैध रूपमा प्राध्यापकको डिग्री नलिएको भन्दै उनीविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

डा. गिरीको योग्यताको विषयमा प्रश्न उठँदै शशि शशि विक्रम कार्की र आशिष राई उक्त विषयमा छानबिन गर्न अख्तियरमा उजुरी हालेका थिए।

No description available.

प्रकाशित: Jun 25, 2021| 07:16 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।