आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरबार घेर्न पुगेका प्राविधिक प्रहरी नियन्त्रणमा

सिंहदरबार घेर्न पुगेका प्राविधिक प्रहरी नियन्त्रणमा

सेवासुविधाको माग गर्दै सिंहदरबार पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– सेवासुविधाको माग गर्दै सिंहदरबार पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्ले कार्ड र ब्यानरसहित सिंहदरबारमा प्रदर्शन गरेका प्राविधिकलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघर लगेको छ।

प्राधिकरण घेराउ गरी संयुक्त रुपमा राजीनामा बुझाउने तयारी उनीहरुको थियो। पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराएको भन्दै राजीनामा दिन बाध्य भएको बताए। उनले असार ११ बाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद गरेर माग पूरा गराउनका लागि आन्दोलनमा होमिएको बताए।

अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पूरा भएको स्मरण गर्दै फेरि पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको तर्क गरे।

प्रकाशित: Jun 25, 2021| 07:39 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।