आइतबार, भदौ ७, २०८३

आयामेली कवि बैरागी काइँला अस्पताल भर्ना 

कवि वैरागी काइँला चाबहिलको ओम अस्पताल भर्ना भएका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- कवि वैरागी काइँला चाबहिलको ओम अस्पताल भर्ना भएका छन्। बिहीबार साँझ सुकेधारास्थित निवासमा मोबाइल हेर्दै गर्दा उनी अचानक ढलेका थिए। उनका निकटस्थ कवि चन्द्रवीर तुम्बापोका अनुसार सोफाबाट उठ्न खोज्दा उनी ढलेपछि अस्पताल लगिएको हो।

आयामेली कवि काइँलाको बोली ठिकसँग नबुझिनुका साथै शरीरको एक पाटो नचलेको उनकी छोरी नामओती नेम्बाङले जानकारी दिइन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँला परिवारसहित सुकेधारामा बस्दै आएका छन्।

प्रकाशित: Jun 25, 2021| 06:47 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।