काठमाडौं- अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै उनले यस्तो बताएका हुन्।
‘देउवाको प्रधानमन्त्रीको दाबी जायज छ,’ उनले भने, ‘राष्ट्रपतिले देउवाको दाबीलाई अस्वीकार गर्ने कुनै आधार छैन।’
१४९ जनाको हस्ताक्षरबाहेक अरू के आधार चाहिएको हो राष्ट्रपतिलाई भन्दै उनले प्रश्न गरे।
‘बहुमतले गरेको दाबी सहर्ष स्वीकार गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्छ,’ उनले भने, ‘राष्ट्रपतिले यसमा भूमिका निर्वाह गर्न सक्नुभएन।’