काठमाडौं- नेपाली सेनाको पाइलट उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी आशिह नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। असार ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई बढुवा गर्ने निर्णय गरेको थियो।
जंगी अड्डामा दज्र्यानी चिन्ह प्रदान गरिसकेपछि राणालाई आजै पदस्थापन गरिएको छ। उनलाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।