म्यासेजमा पीसीआर पोजेटिभको रिपोर्ट थियो। सिटी भ्यालु १७। एकैछिनमा आँखा धर्मरायो। जमिन भासिएजस्तै भयो। १२०० भोल्टको करेन्ट लागेजस्तो भो। कतिबेला बेडमा पुगेर पछारिएँ, थाहै भएन। अब जिन्दगी यति नै रहेछ...
राष्ट्रियसभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
ओलम्पिकको पेड्रो लुडोविकोमा हुने खेलमा ब्रजिलले इक्वेडरको सामाना गर्नेछ। समूह बीको शीर्षस्थानमा रहेको ब्रजिल तीन खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। खेल बिहान पौने ३ बजे सुरु हुनेछ।
प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषा र बारामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र...
'कोसी अस्पतालमा उपचार हुन नसक्ने भएपछि त्यहाँबाट रिफर गरिएको थियो। तर आफन्तले टिनलाललाई अन्य अस्तपाल नलगी घरै ल्याउनुभयो। आर्थिक अवस्था कमजोर भएका कारण सुविधासम्पन्न अस्पताल नलगी घरमा ल्याइएको हो।'
सुदूरपश्चिम प्रदेशमा ९८ प्रतिशत बढी कोरोना संक्रमणमुक्त भएका छन्। प्रदेशमा हालसम्म ४३ हजार ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४२ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्।
आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार विकासमन्त्री अम्विरबाबु गुरुङलाई चारपटक सम्म भनाइ छोट्याउन रुलिङ गर्नुपर्यो।
डेल्टा भेरिएन्ट धेरै सक्रिय रहेका भन्दै टोक्यो ओलम्पिक आयोजकले नेपालसहित दक्षिण एसियन मुलुकलाई ओलम्पिकमा भाग लिने खेलाडीको कोभिड परीक्षणमा कडाइ गरेको छ।
पार्टीका सबै सदस्यलाई एकदृष्टिले हेर्छु र समान व्यवहारका साथ पुरानालाई सम्मान, इमानदारलाई अवसर र क्षमतावान्लाई जिम्मेवारी दिएर पार्टीलाई सक्रिय जीवन प्रदान गर्ने मनसाय राखेको नेता पाउन कठिन हुँदै गएको छ।