शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • दीप श्रेष्ठको कुर्सीमा बसेपछि राजेशपायलले भने- उहाँको ठाउँ त कसले लिन सक्छ र?

दीप श्रेष्ठको कुर्सीमा बसेपछि राजेशपायलले भने- उहाँको ठाउँ त कसले लिन सक्छ र?

केही दिनअघिमात्र कोरोना संक्रमणबाट मुक्त भएका दीप अझै शारीरिक रुपमा अस्वस्थ भएपछि उनको कुर्सीमा राजेशपायललाई ल्याइएको थियो।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पछिल्लो शुक्रबारको एपिसोड दर्शकहरुका लागि ‘सरप्राइज’ बन्यो जब कोच दीप श्रेष्ठको कुर्सीमा एकाएक बस्न आइपुगे- गायक राजेशपायल राई। 

triton college

केही दिनअघिमात्र कोरोना संक्रमणबाट मुक्त भएका दीप अझै शारीरिक रुपमा अस्वस्थ भएपछि उनको कुर्सीमा राजेशपायललाई ल्याइएको थियो। कार्यक्रममै देखाइएको भिडियो सन्देशमा दीपले भनेका थिए, ‘शारीरिक अस्वस्थताका कारण म उपस्थित हुनु सकिनँ। तर, त्यस कुर्सीमा एउटा राम्रै कलाकार आएर बस्नेछ- मेरो भाइ, राजेशपायल राई।’
उनले राजेशपायललाई सुझाव पनि दिएका थिए, ‘त्यो कुर्सी निकै गह्रुंगो छ, सम्हालेर बस्नु। ’ 

अनि, त्यही कुर्सीमा बसेर राजेशपायलले दीपलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेपछि नेताको ‘कुर्सी’ प्रेमप्रति व्यंग्य गरे, ‘कुर्सी हुनेवित्तिकै मानिसहरु त्यसै जुधेको होइन रहेछन्, त्यसै लडेका होइन रहेछन्, त्यसै लडा’को होइन रहेछन्। साह्रै लोभ लाग्यो। मज्जा आउने रहेछ।’ राजेशपायललाई कोचका रुपमा देखेपछि धेरैले भ्वाइसकै अफिसियल युट्युब च्यानलमा यतिखेर खुशी व्यक्त गर्दै कमेन्ट गरिरहेका छन्। र, धेरैको जिज्ञासा छ ‘राजेशपायल राई यो कुर्सीमा कहिलेसम्म ?’

‘खासमा त्यो कुर्सी महागुरु दीप श्रेष्ठकै हो, म त उहाँको अस्वस्थतामा पाहुना बनेर गएको मात्रै हुँ,’ दर्शकको यो जिज्ञासाप्रति राजेशपायल भन्छन्, ‘तत्काल मलाई एक एपिसोडका लागि भनेर बोलाइएको थियो। अर्को एपिसोडका लागि सम्झौता नवीकरण भइसकेको छैन।’

त्यसो त राजेशका अनुसार उनलाई पहिले पनि भ्वाइसको कोचका लागि अफर आएको थियो तर कार्य व्यस्तताले भ्याएनन्। महामारीका कारण घरमै बसिरहेका बेला गायक दीप श्रेष्ठले आग्रहलाई नकार्न नसकेर आफू त्यहाँ पुगेको उनी बताउँछन्। 

corrent noodles
Metro Mart

‘दीप दाइको ठाउँ त कसले लिन सक्छ र?’, दीपको कुर्सीमा बस्दाको क्षण सम्झदै राजेशपायल भन्छन्, ‘तैपनि दीप दाइ बसिरहेको कुर्सीमा बस्दा दीप दाइलाई धोका दिनुहुन्न, न्याय गर्नुपर्छ भन्नेचाँहि लागिरह्यो। ’
‘भ्वाइस अफ नेपाल’मा अहिले ‘नकआउट’ चरण चलिरहेको छ। यसरी कार्यक्रमको बीचमा नयाँ कोच फेरिएको विश्व चर्चित गायन रियालिटी शो ‘भ्वाइस’को इतिहासमै पहिलोपल्ट हो। 

भ्वाइसको यो इतिहास निर्माणमा सहभागी हुन पाएकोमा पनि राजेशपायल खुसी छन्। त्यसो त यो कुर्सीमा पुग्नुअघि उनी ‘भ्वाइस अफ नेपाल’का केही निर्णयप्रति निकै आलोचनात्मक हिसाबले प्रस्तुत भइरहेका थिए। ‘आउट’ नहुनुपर्ने प्रतिभा पनि आउट भएको उनका प्रतिक्रिया थिए। आउट भएकी एक प्रतिष्पर्धी मेलिना मैनालीलाई त उनले आफै गीतको अवसरसमेत दिएका छन्। 

भ्वाइसको कुर्सीमा बसेर आएपछि अब राजेशपायल पहिलेझै आलोचनात्मक हुन्छन्/हुँदैनन्, कोचका निर्णयहरुप्रति उसैगरी प्रश्न गर्छन्/गर्दैनन्, यो यतिखेर दर्शकमाझ चासोको विषय छ।

प्रकाशित: Jun 27, 2021| 12:35 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्