आइतबार, भदौ ७, २०८३

७०६ संक्रमित आइसियूमा उपचाररत, २०० जना भेन्टिलेटरमा

प्रदेश १ मा १३३ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा ३१ जना भेन्टिलेटरमा, प्रदेश २ मा २१ आइसियूमा रहेकोमध्ये १ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन्। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियूमा ७०६ कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिएको छ। तीमध्ये २०० जना भेन्टिलेटरको सहायतमा उपचाररत रहेको आइतबार मन्त्रालयले प्रकाशन गरेको विवरणमा उल्लेखमा छ। 

यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ३९५ जना संक्रमित आइसियूमा उपचाररत छन् उनीहरुमध्ये  १३७ जना भेन्टिलेटरमा छन्। 

प्रदेश १ मा १३३ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा ३१ जना भेन्टिलेटरमा, प्रदेश २ मा २१ आइसियूमा रहेकोमध्ये १ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन्। 

गण्डकी प्रदेशमा ७८ जना आइसियूमा उपचाररत रहेकोमा १५ जना भेन्टिलेटरको सर्पोटमा छन् भने लुम्बिनी प्रदेशमा ५७ जना आइसियुमा उपचाररतमध्ये १० जना भेन्टिलेटरमा छन्। त्यस्तै कर्णालीमा १२ जना आइसियुमा उपचाररत मध्ये २ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन् भने  सुदूरपश्चिम प्रदेशमा १० जना आइसियूमा रहेकामध्ये  ४ जनालाई  भेन्टिलेटरको सर्पोटमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित: Jun 27, 2021| 14:24 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।