आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई सर्वोच्च अदालतले राजदूत नियुक्त नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।  
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई सर्वोच्च अदालतले राजदूत नियुक्त नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।  

न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। 

स्नातक उत्तिर्ण नगरेका युवराज कार्कीलाई जेठ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बहराइनका लागि आवासीय राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो। 

राजदूत नियुक्तिका लागि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक तह उत्तिर्ण गरेको आवश्यक नपर्ने भन्दै निर्देशिका संशोधन गरेर कार्कीलगायतलाई राजदूतमा नियुक्त गरिएको थियो। कार्कीले स्नातक तह उत्तिर्ण गरेका छैनन्। 

सर्वोच्चमा निर्देशिकाविरुद्ध यसअघि नै परेको रिट निवेदनमा पनि अदालतले अन्तरिम आदेशमार्फत् उक्त निर्देशिका संशोधन गर्ने निर्णयमा रोक लगाइसकेको छ।

प्रकाशित: Jun 27, 2021| 12:02 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।