आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : मन्त्री व्यक्तिगत आलोचनामा उत्रिएपछि सांसदको नियमापत्ति, सभामुखको चारपटक रुलिङ

प्रदेश १ : मन्त्री व्यक्तिगत आलोचनामा उत्रिएपछि सांसदको नियमापत्ति, सभामुखको चारपटक रुलिङ

आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार विकासमन्त्री अम्विरबाबु गुरुङलाई चारपटक सम्म भनाइ छोट्याउन रुलिङ गर्नुपर्‍यो। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

विराटनगर- आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार विकासमन्त्री अम्विरबाबु गुरुङलाई चारपटक सम्म भनाइ छोट्याउन रुलिङ गर्नुपर्‍यो। 

मन्त्री गुरुङ व्यक्तिगत आलोचनामा उत्रिएपछि सभामुखले पटकपटक भनाइ छोट्याउन आग्रह गरे।

भनाइ छोट्याउनु भन्ने सभामुखको रुलिङलाई वेवास्ता गर्दै मन्त्री गुरुङले ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आउनु भन्दै धम्कीसमेत दिए। 

तीन वर्षसम्म आफ्ना योजनाहरु के भए भनेर नहेरेको भन्दै मन्त्री गुरुङले सांसद खड्कालाई भिजन नभएको व्यक्ति भन्दै गाली गरे। ‘तपाई सुध्रिएर आउनु होला, तपाईंसँग भिजन नै छैन,’ मन्त्री गुरुङले भने ‘साँढे तीन वर्षसम्म के हेरेर बस्नु भयो? आफूले दिएका योजनाहरु के भइरहेको छ भनेर हेर्नु पर्दैन?’ आइतबार ओखलढुंगाका सांसद खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी र दलालमुखी, गुट केन्द्रित भएको टिप्पणी गरेका थिए। 

मन्त्रीले एकोहोरो व्यक्तिगत आलोचनामा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गर्नुपर्‍यो। 

जवाफ दिन रोष्ट्रममा गएका मन्त्री नै व्यक्तिगत आलोचनामा उत्रिएपछि जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले नियमापत्ति गरेका थिए। यादवको नियमापत्तिपछि सभामुख भण्डारीले मन्त्रीविरुद्ध रुलिङ गरेका हुन्।

विनियोजन विधेयकको विषयगत छलफलका क्रममा पछिल्ला दुईवटा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजनमाथि छलफल भएको थियो। छलफलमा बोल्ने शतप्रतिशत सांसदहरुले भौतिक पूर्वाधार विकासअन्तर्गतको विनियोजनप्रति असहमति जनाउँदै आलोचना गरेका थिए।

सांसदहरुले उठाएका विषयमा लिखित भाषण पढेका मन्त्री गुरुङले लिखित भाषण सकिएपछि थप बोल्दै व्यक्तिगत गाली र लाञ्छनामा उत्रिएका थिए।

प्रकाशित: Jun 27, 2021| 13:06 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।