बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टोक्यो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई जापानले गर्‍यो कडाइ

टोक्यो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई जापानले गर्‍यो कडाइ

डेल्टा भेरिएन्ट धेरै सक्रिय रहेका भन्दै टोक्यो ओलम्पिक आयोजकले नेपालसहित दक्षिण एसियन मुलुकलाई ओलम्पिकमा भाग लिने खेलाडीको कोभिड परीक्षणमा कडाइ गरेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- डेल्टा भेरिएन्ट धेरै सक्रिय रहेका भन्दै टोक्यो ओलम्पिक आयोजकले नेपालसहित दक्षिण एसियन मुलुकलाई ओलम्पिकमा भाग लिने खेलाडीको कोभिड परीक्षणमा कडाइ गरेको छ।

उसले नयाँ नियम ल्याउँदै डेल्टा भेरियन्टको भाइरस सक्रिय रहेका नेपालसहित पाँच मुलुकलाई सहभागितामा कडाइ गरेको हो।

अब नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानका खेलाडीले टोक्यो प्रस्थान गर्नुअघि सात दिनसम्म दैनिक कोभिड–१९ को टेस्ट गर्नुपर्ने भएको छ।

अहिले जापानले हरेक विदेशी खेलाडीलाई जापान जानुअघि चार दिनमा दुईपटक कोभिड–१९ टेस्ट गर्न अनुरोध गरेको छ।
जुलाई २३ मा सुरु हुने प्रतियोगितामा महामारीको प्रभाव कम गर्न यो नियम ल्याइएको आयोजकले बताएको छ।

प्रतियोगिताले कोभिडको नयाँ लहर फैलाउन सक्ने खतरालाई कम गर्न यस्तो नियम ल्याइएको जापानका आलम्पिक मन्त्री तामायो मारुकावाले बताएका छन्।

प्रकाशित: Jun 27, 2021| 12:20 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।