आइतबार, जेठ ३, २०८३

निद्रा कम लाग्छ? यसो गर्नुस्

सन् २०१९ मा भारतको एक कपडा कम्पनीले स्लिप इन्टर्नसिप अर्थात् सुत्ने जागिरका लागि आवेदन खोलेको थियो। जसमा १ लाख ७ हजारले आवेदन दिएका थिए।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं– सन् २०१९ मा भारतको एक कपडा कम्पनीले स्लिप इन्टर्नसिप अर्थात् सुत्ने जागिरका लागि आवेदन खोलेको थियो। जसमा १ लाख ७ हजारले आवेदन दिएका थिए। योे एक सुत्ने प्रतिस्पर्धा हो, जसमा १०० रातसम्म हरेक रात ९ घण्टा सुत्नुपर्ने थियो। कम्पनीले यसका लागि १ लाख रुपैयाँ दिने निर्णय गरेकोे थियो।

National life

सुत्दा पनि त्यति धेरै पैसा पाइने भनेर मानिसहरुले आवेदन दिई प्रतिस्पर्धामा भाग लिए। त्यसपछिमात्र थाहा भयो हरेक रात ९ घण्टा सुत्नु कति कठिन काम हो भनेर। 

कोरोना भाइरसको संक्रमण व्यहोरिसकेका हरेक १० जनामा तीन जनाले निद्रा सम्बन्धी समस्याको सामना गर्नुपरेको अध्ययनले देखाएको छ। इन्स्टिच्युट अफ ह्युमन बिहेविअर एन्ड अलाइन्ड साइन्सका वरिष्ठ मनोचिकित्सक डा. ओम प्रकाशले निद्राको एक चक्र ९० मिनेटको हुने बताएका छन्। उनका अनुसार एक रातमा निद्राका चार–पाँच चक्र हुन्छन्।

९० मिनेटको पहिलो चरणको निद्रालाई गहिरो निद्रा भनिन्छ। दोस्रो चरणको तुलनामा यसलाई लामो मानिने डा. ओम प्रकाशले बताएका छन्। निद्राको ९० मिनेटभन्दा पहिलेसम्म करिब ६०–७० मिनेटसम्म यो चक्र चलिरहन्छ।

दोस्रो चरणको निद्रामा बढीजसोले सपना देख्छन्, जुन याद रहने खालका हुन्छन्। अर्को चरणमा मानिस गहिरो निद्रामा हुन्छ र सपनामा देखेको कुनै कुरा याद रहन्न।

डा. ओमप्रकाश निद्रामा कुनै किसिमको कठिनाइ हुनु र निद्राको बिरामी हुनुमा फरक भएको बताउँछन्। हरेक मानिसमा महिनाको तीन–चार दिन निद्रा नलाग्ने समस्या देखिने गरेको उनको भनाइ छ।

डा. प्रकाशले निद्राका केही सुरुवाती लक्षण केलाएका छन्।

१) निद्राकोे घण्टाको समस्या
२) निद्राको गुणस्तरमा कमी आउनु वा छिनछिनमा निद्रा खुलिरहनु
३) समयमै निद्रा नलाग्नु

सबैलाई एकैनासको निद्राको बानी हुँदैन। कसैलाई पाँच–छ घण्टा सुतेर पुग्छ भने कसैलाई नौ–दश घण्टा सुत्नुपर्छ।

निद्राको समयमा धेरै अन्तर आउन थाल्यो भने निद्रासम्बन्धी बिरामीको सुरुवाती लक्षण हो भनेर सोच्नुपर्छ। जस्तैै– पाँच–छ घण्टाको ठाउँमा दुई–तीन घण्टा, नौ–दश घण्टाको ठाउँमा चार–पाँच घण्टा मात्रैै निद्रा लाग्न थालेको छ भने यो सुरुवाती लक्षण हो। समयमै यसबाट बच्ने उपायको खोजीमा लाग्नुपर्छ।

यसरी छुटकरा पाउन सकिन्छ निद्राको समस्याबाट

१) सुत्नुभन्दा पहिले चियाकफी नखाने
२) हलुका खाना खाने
३) धुम्रपान नगर्ने
४) सुत्नलाई छुट्टै ठाउँकोे व्यवस्था गर्ने
५) दिउँसो नसुत्ने, सुत्नैपरे आफ्नो विस्तरामा नसुत्ने
६) सुत्नु भन्दा दुई घण्टा अघिबाट मोबाइल ल्यापटप नचलाउने
७) समयमै औषधी सेवन गर्नु
८) आफ्नो दैनिकी एकनासको बनाउने
९) शारीरिक व्यायाम गर्ने

–बीबीसीबाट
 

प्रकाशित: Jun 27, 2021| 16:17 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्