सोमबार, चैत ९, २०८२

५ सय भन्दा बढी सक्रिय संक्रमित भएका यी हुन् २५ जिल्ला

प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषा र बारामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै  बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल २५ जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित ५ सयभन्दा बढी भएको जानकारी दिएको छ। प्रदेश १ का तीन, प्रदेश २ का दुई, बागमतीका १०, गण्डकीका ४, लुम्बिनीका ४, कर्णालीमा १ र सुदूरपश्चिमका १ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषा र बारामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै  बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

गण्डकीका कास्की, गोरखा, नवलपरासी पूर्व, बागलुङ, लुम्बिनीका दाङ, पाल्पा, रुपन्देही र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै ३० जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन्।
 
प्रकाशित: Jun 27, 2021| 14:20 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्