बिहीबार, असोज १५, २०८३

'कल्प-ग्रन्थ'को वितरण शुरु

गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व-भुक्तानी' लिई 'लिमिटेड एडिसन' मुद्रण भएको किताब निषेध आदेशका कारण वितरण रोकिएको थियो।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- कुमार नगरकोटीको कथा संग्रह 'कल्प-ग्रन्थ'को वितरण सुरु भएको छ। लेखक नगरकोटीले लेखक एवम् पत्रकार नारायण वाग्लेलाई 'पूर्व-भुक्तान-प्रति' हस्तान्तरण गर्दै यसको वितरण सुरु गरिएको हो। 

गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व-भुक्तानी' लिई 'लिमिटेड एडिसन' मुद्रण भएको किताब निषेध आदेशका कारण वितरण रोकिएको थियो।

विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको 'कल्प-ग्रन्थ'को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, 'मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ।'

सम्पूर्ण पाठकप्रति आभारसमेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने प्रकाशन गृह 'बुक-हिल'ले जनाएको छ।

प्रकाशित: Jun 27, 2021| 14:41 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।