बिहीबार, असार २५, २०८३

समूह चरणका अन्तिम खेल खेल्दै ब्राजिल

ओलम्पिकको पेड्रो लुडोविकोमा हुने खेलमा ब्रजिलले इक्वेडरको सामाना गर्नेछ। समूह बीको शीर्षस्थानमा रहेको ब्रजिल तीन खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। खेल बिहान पौने ३ बजे सुरु हुनेछ। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- कोपा अमेरिका अन्तर्गत सोमबार बिहान 'समूह बी'का अन्तिम दुई खेल हुँदैछन्। ब्राजिलको ओलम्पिको पेड्रो लुडोविको र माने गर्रिन्चामा ती खेल हुन लागेका हुन्।

ओलम्पिकको पेड्रो लुडोविकोमा हुने खेलमा ब्रजिलले इक्वेडरको सामाना गर्नेछ। समूह बीको शीर्षस्थानमा रहेको ब्रजिल तीन खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। खेल बिहान पौने ३ बजे सुरु हुनेछ। 

यता इक्वेडर पनि 'समूह बी'को चौथो स्थानमा छ। समान २ अंक भएको भेनेजुएलालाई गोलअन्तरको आधारमा पछि पार्दै चौथो स्थानमा इक्वेडर छ। भेनेजुएला आफ्नो गोलअन्तर बचाउनका लागि ब्राजिललाई जित्ने वा बराबरीमा रोक्ने दाउमा हुनेछ।

साथै इक्वेडरपछिको खेलमा भेनेजुएलाले पेरुसँग सामना गर्नेछ। त्यसैले आउँदो खेलकाे नतिजा आकलन गरेर खेल्नुपर्ने जिम्मेवारी इक्वेडरलाई छ। तलिकाको पुछारमा रहे अघिल्लो चरणामा पुग्ने स्भावना समाप्त हुनेछ।

यता, माने गर्रिन्चामा सोमाबार बिहान पौने ६ बजेको समूहको अन्तिम खेलमा भेनेजुएलाले पेरुको सामाना गर्दैछ। भेनेजुएलाका लागि क्वार्टरफाइनलमा पुग्ने बाटो ब्राजिल र इक्वेडरकाे खेलले तय गर्नेछ।

कोपा अमेरिकाको समूह बीमा रहेको ब्राजिल ९ अंकका साथ शीर्षस्थानमा छ भने चार अंक भएको कोलम्बिया चौथो स्थानमा छ।

त्यस्तै, चार अंक भएको पेरु तेस्रो स्थानमा रहँदा समान २–२ अंक भएको इक्वेडर र भेनेजुएला चौथो र पाँचौ स्थानमा छन्।

प्रकाशित: Jun 27, 2021| 14:54 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।