आइतबार, भदौ ७, २०८३

कांग्रेसमा क्रियाशीलको विवाद : ७५ जिल्लाबाट उजुरी 

'दुई जिल्लाबाहेक सबै जिल्लाबाट क्रियाशील सदस्यताबारे छानबिन गर्न उजुरी परेका छन्,' संयोजक लेखकले भने। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यबारे ७५ जिल्लाबाट उजुरी परेका छन्। क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले कुराकानी गर्दै उक्त जानकारी दिए। 

'दुई जिल्लाबाहेक सबै जिल्लाबाट क्रियाशील सदस्यताबारे छानबिन गर्न उजुरी परेका छन्,' संयोजक लेखकले भने। क्रियाशील सदस्यताबारे परेका उजुरीमाथि छानबिन सुरु भएको उनको भनाइ छ। तर सबै उजुरी गम्भीर प्रकृतिका नभएर कतिपय जिल्लाबाट नाम थरमा भएका गल्ती मात्र सच्याउनका लागि मात्र भएको उनको भनाइ छ। 

कांग्रेसले देशभरबाट प्राप्त क्रियाशील सदस्यका नाम उपर छानबिन गरी सदस्यतालाई अन्तिम रुप दिने तयारी गरेको छ। हालसम्म कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा देशभरबाट ८ लाख १८ हजार ६ सय ३७ क्रियाशील सदस्यको विवरण आइपुगेको छ। 

प्रकाशित: Jun 27, 2021| 14:04 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।