मंगलबार, माघ ६, २०८२

सुजिता ठाकुर मृत्यु प्रकरण : पति र देवर पक्राउ

गएको जेठ २० गतेदेखि बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुरको शव भेटिएपछि प्रहरीले उनका पति र देवरलाई पक्राउ गरेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

जनकपुर– गएको जेठ २० गतेदेखि बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुरको शव भेटिएपछि प्रहरीले उनका पति र देवरलाई पक्राउ गरेको छ। आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

National life

मृतक सुजिताका पति मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन्। प्रहरीले आइतबार आरोपीको घरबाट करिब डेढ किलोमिटर टाढा रहेको उनीहरूको खेतमा सुजिताको शव गाडेको आशंकामा उत्खनन् गरेको थियो।

प्रहरीका अनुसार केश, रगतले लागेर रातो भएको माटो, मलखाद र नुन भेटिएको छ। सोही प्रमाणका आधारमा आवश्यक अनुसन्धानका लागि शंकास्पदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२५ दिनपछि भेटियो सुजिताको शव, जसलाई परिवारले नै मारेको स्वीकार गरेको थियो

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 27, 2021| 14:39 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।