आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभामा स्वतन्त्र हैसियतका लागि निवेदन दिएका बेदुराम भुसाल भन्छन्– पार्टी एकताको पक्षमा रहेर निर्णय गरेको हुँ

राष्ट्रियसभामा स्वतन्त्र हैसियतका लागि निवेदन दिएका बेदुराम भुसाल भन्छन्– पार्टी एकताको पक्षमा रहेर निर्णय गरेको हुँ

राष्ट्रियसभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।

भुसाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। तत्कालीन नेकपा हुँदा उनी राष्ट्रियसभामा निर्वाचित भएका थिए। आइतबार उनले आफूलाई कुनै पनि दल रोज्न मन नलागेको भन्दै निवेदन दिएका हुन्। 

‘राष्ट्रियसभामा कुनै दलमा छैन, स्वतन्त्रको रुपमा रहन्छु भनेर निवेदन दिएको हुँ,’ उनले भने, ‘म तत्कालीन समयमा नेकपाबाट निर्वाचित भएको हो, अहिले नेकपा रहेन। कोही एमाले र माओवादी केन्द्रमा हुनुहुन्छ।’

उनले आफू कतै नरहेको र स्वतन्त्र रुपमा रहन चाहेको भन्दै निवेदन दिएको बताए। ‘फागुन २३ को सर्वोच्चके फैसलाले नेकपाको एकता भंग भयो । नेकपा रहेन जता जान पनि स्वतन्त्र भयो,’ उनले भने। 

नेकपा एमालेभित्र देखिएको विवादको बेला तपाईंको निर्णयलाई कुन अर्थमा लिन सकिन्छ जिज्ञासामा उनले भने, ‘मैले धेरै कुरा रोजिन। मैले यो निर्णय पार्टी एकताको पक्षमा रहेर गरेको हुँ।’

प्रकाशित: Jun 27, 2021| 15:25 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।