जिल्लामा दशैंदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ। जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ।
नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत जिल्ला सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो।
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ। महासचिव गान्धीलाई आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशको सितापुरको हरगाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत २०२१–२१ को सिजनमा रियल मड्रिडले पहिलो हार बेहोरेको छ। एस्पानोयलको मैदानमा शनिबार राति सम्पन्न खेलमा रियलले घरेलु टिमसँग पहिलो हार बेहोरेको हो।
जिल्ला अस्पताल बैतडीमा हाल दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन्। व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन्। वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ।