शनिबार, जेठ २, २०८३

शिक्षकका मुद्दा विचाराधिन हुँदा नियमित विद्यालयमा उपस्थित हुनुपर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकका मुद्दा अदालतमा विचाराधिन रहेको अवधिमा शिक्षकलाई विद्यालयमा नियमित उपस्थित हुन निर्देशन दिएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकका मुद्दा अदालतमा विचाराधिन रहेको अवधिमा शिक्षकलाई विद्यालयमा नियमित उपस्थित हुन निर्देशन दिएको छ। 

National life

केन्द्रले सम्पूर्ण स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइको नाममा परिपत्र जारी गर्दै सामुदयिक विद्यालयमा कार्यरत शिक्षकको अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतबाट कसुर ठहरिएको बखत बाहेक, आदेश वा फैसला नभएसम्म विद्यालयमा नियमानुसार कामकाज गर्न लगाउन निर्देशन दिएको हो।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार शिक्षकलाई निलम्बन गरेको वा कानुन अनुसार स्वतः निलम्बन भएको अवधिमा वा थुनामा रहेको भए सो अवधिमा बाहेक अन्य अवस्थामा विद्यालयमा नियमानुसार कामकाज गर्न दिइने जनाएको हो।

केन्द्रले विद्यालयमा हाजिर नभएको पाइएमा शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ (संशोधन सहित) अनुसार कारबाही हुने जनाएको छ।



प्रकाशित: Oct 04, 2021| 08:41 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्