सोमबार, असार २२, २०८३

बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्नको हार

जर्मनी फुटबल लिग बुन्डेसलिगामा बायर्नले आइन्ट्राक्ट फ्रांकफर्टसँग २–१ गोलको हार बेहोरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- जर्मनी फुटबल लिग बुन्डेसलिगामा बायर्नले आइन्ट्राक्ट फ्रांकफर्टसँग २–१ गोलको हार बेहोरेको छ।

बायर्नकै एलिनाज एरिनामा सम्पन्न खेलमा बायर्नले पाहुना टिमसँग हार बेहोरेको हो।

बायर्नका लागि लियोन गोरेट्जाले गोल गरे पनि जितका लागि पर्याप्त रहेन। खेलको २९औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर फ्रांकफर्टका मार्टिन हिन्टेइगरले ३२ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यससँगै पहिलो हाफमा १–१ को बराबरी भयो। खेलका ७३ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले थप गोल गर्न सकेन। बरु ८३औं मिनेटमा फिलिप कोस्टिकले फ्रांकफर्टका लागि विजयी गोल गरे।

हारका बाबजुद बायर्न १६ अंकका साथ शीर्षस्थानमा छ। जित निकालेको फ्रांकफर्ट १३औं स्थानमा छ। उसको आठ अंक छ।

प्रकाशित: Oct 04, 2021| 07:39 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।