सुर्खेत- नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत जिल्ला सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो।
सिंह पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन्। उनी २०६२ यता निरन्तर कांग्रेसको जिल्ला सचिव रहेका थिए। सिंह विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय व्यक्ति हुन्।
निर्वाचन समितिका अनुसार कांग्रेस हुम्लाको उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय निर्वाचित भएका छन्। यस्तै सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर तामाङ निर्वाचित भएका छन्।
जिल्ला कार्यसमितिमा कटकबहादुर लामा, नन्दबहादुर शाही, अंगबहादुर शाही, प्रेमबहादुर सिंह, ङपुड ग्याल्जोङ लामा, रत्नलाल खड्का र सूर्य शाही चयन भएका छन्।
त्यस्तै महिला सदस्यतर्फ पाल्डोन लामा, सुना बुढा, उजेली थापा, कन्यावती जैसी, सपनाकुमारी सिंह ठकुरी, नन्दसरा शाही र वविता कुशुम शाही निर्वाचित भएका छन् । समावेशीतर्फ हिरबहादुर शाही, गुरु कार्की, नवराज भण्डारी, लोक्ते काकी, खसआर्य तर्फ मुगा बोहरा, गोरे पुन, धनकुमारी ऐडी, चेतना गिरी र नरबहादुर रावल चयन भएका छन् ।