सोमबार, असार २२, २०८३

साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएर विजयी सुरुआत गरेको नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएर विजयी सुरुआत गरेको नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ।

आज पौने १० बजे हुने दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ। फिफा वरियतामा ३७औं स्थान तल रहेको श्रीलंकासँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल आजको खेलमा बरियतामा कमजोर श्रीलंकालाई हराएर अर्को चरणमा पुग्ने बाटो छोटो बनाउन चाहन्छ। नेपाललाई आज जित निकाल्न दबाब पनि छ। किनभने नेपालले यसपछि बंगलादेश र इन्डियासँग खेल्दैछ।

बंगलादेश र इन्डियता तुलनात्मक रूपमा श्रीलंकाभन्दा बलिया देशहरू हुन्। त्यसैले नेपाल श्रीलंकालाई हराउँदै सेमिफाइनल यात्रालाई छोटो बनाउने दाउमा हुनेछ। नेपाल पुरा समय फाइट गर्दै ३ अंक जोड्ने दाउमा रहेको नेपाली टिमका कप्तान किरण कुमार लिम्बू बताउँछन्।

उनले भने, 'श्रीलंकाविरुद्ध हामी तीन अंक प्राप्तिका लागि खेल्नेछौ। माल्दिभ्स नेपालभन्दा बलियो थियो। र, पनि हामीले जित निकाल्यौँ। त्यो खेलअघि पनि मैले भनेको थिएँ – हामी गोर्खाली हौं। हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौं।’

यता नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलमा जित निकाल्ने, नभए पनि एक अंक बटुल्ने बताएका छन्। ‘श्रीलंकाविरुद्धको खेल पनि माल्दिभ्सजस्तै चुनौतीले भरिएको खेल हुनेछ। श्रीलंकाविरुद्ध कम्तीमा पनि एक अंक बटुल्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

उनले श्रीलंकाका खेलाडीहरू ट्याकलमा राम्रा रहेको भन्दै आक्रामक खेल्ने अनुमान गरेका छन्। उनले भने, ‘उनीहरूको आक्रामक खेलको फाइदा उठाउने छौं।’

यता श्रीलंकाली प्रशिक्षक आमिर एलगिच पनि आजको खेलमा जित निकाल्ने दाउमा हुनेछन्। किनभने उसले पहिलो खेलमा नै हार बेहोरेको छ। खेलको ५७औं मिनेटमा बंगलादेशले विवादास्पद पेनाल्टी पाएपछि श्रीलंकाले हार बेहोरेको थियो।

त्यसमा श्रीलंतक टिमका मुख्य खेलाडी डसकन पुल्सार योगेन्द्रन हुने छैनन्। उनले बंगलादेशविरुद्ध रातो कार्ड खाएका थिए। त्यसले श्रीलंकाको टिमको डिफेन्समा घाटा हुनेछ।

यद्यपि प्रशिक्षक एलगिच भन्छन्, ‘दक्षिण एसियाली फुटबलमा श्रीलंकाले निकै बलियो उपस्थिति जनाउने छ। यो टिम दक्षिण एसियामा राम्रो खेल्न सक्षम छ।’

प्रकाशित: Oct 04, 2021| 08:22 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।