काठमाडौं- सरकारले भारतबाट दसैंअघिनै १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल ल्याउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको सिरम इन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा यो हप्ताभित्रै आउने छ।
नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको जनाइएको छ। यसअघिनै आयात गर्नुपर्ने खोप भारतमा संक्रमित संख्या बढ्न थालेपछि नेपाललाई उपलब्ध गराएको थिएन।