शनिबार, चैत ७, २०८२

शिक्षक सरह विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको जनाएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको जनाएको छ।

National life

केन्द्रले सूचना जारी गर्दै विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष कायम गरिएको जनाएको हो।

केन्द्रले स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशन दिएको हो। यसअघि विद्यालयका शिक्षकको उमेरहद कार्यान्वयन भए पनि कर्मचारीको उमेरहदको विषयमा विवाद हुँदै आएको थियो।



प्रकाशित: Oct 04, 2021| 08:48 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्