आइतबार, माघ ४, २०८२

ला लिगामा रियल मड्रिडको पहिलो हार

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत २०२१–२१ को सिजनमा रियल मड्रिडले पहिलो हार बेहोरेको छ। एस्पानोयलको मैदानमा शनिबार राति सम्पन्न खेलमा रियलले घरेलु टिमसँग पहिलो हार बेहोरेको हो।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत २०२१–२१ को सिजनमा रियल मड्रिडले पहिलो हार बेहोरेको छ। एस्पानोयलको मैदानमा शनिबार राति सम्पन्न खेलमा रियलले घरेलु टिमसँग पहिलो हार बेहोरेको हो।

National life

खेलको १७औं मिनेटमै राउल डि टोमासले गोल गर्दै एस्पानोयललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा रियलल १–० गोलले पछि पर्‍यो। दोस्रो हाफको ६०औं मिनेटमा एलेक्स भिडालले गोल गरेपछि भने रियल २–० गोलले पछि परिसकेको थियो।

खेलको ७१औं मिनेटमा रियलका फरवार्ड करिम बेञ्जेमाले एक गोल फर्काएपछि खेलको नतिजा २–१ गोलअन्तरमा एस्पानोयलको पक्षमा रह्यो।

खेलको ६६ प्रतिशत समयमा बलमा नियन्त्रण बनाए पनि रियलले थप गोल गर्न भने सकेन। यससँगै शीर्षस्थानको रियल मड्रिडले अंकदुरी बढाउने अवसर गुमाएको छ।

उसको अहिले १७ अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका एट्लेटिको मड्रिड र रियल सोसिडाडको पनि समान १७–१७ अंक छ। विजेता एस्पानोयल भने ९ अंकका साथ १३औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 04, 2021| 07:21 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।