सोमबार, असार २२, २०८३

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको बराबरी

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन्।

पहिलो हाफमा गोल रहित बराबरी भए पनि दोस्रो हाफमा दुवैतर्फबाट समान २–२ गोल भएका थिए। यससँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।

खेलको ५९औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गदै लिभरपुललाई अग्रता दिलाएका थिए। तर, ६९औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै, खेलको ७६औं मिनेटमा लिभरपुलका मोहम्मद सालाहले गोल गरेपछि पुनः लिभरपुलले अग्रता बनाएको थियो। त्यसलाई पनि सिटीले ८१ औं मिनेटमा बराबरी गर्‍यो।

यसपटक केभिड डिब्रुएना आफैंले गाल गरे। डिब्रुएनाको गोलसँगै खेल २–२ को बराबरी भएको थियो। यो बराबरीसँगै दुवै लिभरपुलले १५ र म्यानचेस्टर सिटीले १४ अंक बनाएका छन्। उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

समान ७ खेल खेलेर १६ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ।

प्रकाशित: Oct 04, 2021| 07:14 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।