इटाली- इटालीको उत्तरी सहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। मिलानस्थित एउटा खाली घरमा ठोक्किएर उक्त जहाज दुर्घटना भएको बीबीसीले जनाएको छ।
टिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको केही बेरमै तल झरेको थियो। घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनकी पत्नी र छोराको मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार जहाज झर्ने क्रममा नै इन्जिनमा आगलागी सुरु भएको थियो। जहाज दुर्घटना हुँदा ठूलो विस्ष्फोट भएको र त्यसले स्थानीयवासी त्रसित भएका थिए। जहाज खस्दा पार्किङ गरेर राखिएका धेरै कारमा आगलागी भएको छ।