शनिबार, चैत ७, २०८२

सही तरिकाले व्यायाम नगर्दा प्रजनन्‌मा असर, के गर्ने?

व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन्। व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन्। वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- मानिस स्वस्थ रहनका लागि व्यायाम गर्नुपर्ने सुझाव चिकित्सा विज्ञान र योग विज्ञानका ज्ञाताहरुले दिने गरेका छन्। मानिस व्यायाम गर्ने भन्दै विभिन्‍न उपायहरु अपनाउने गरेका छन्।

National life

धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्‍न किसिमका गम्भिर समस्याहरुको कारण बन्‍नसक्ने भएकोले शारीरिक स्थितिहरुको साथसाथै मानसिक स्थितिलाई सहीरुपमा अघि बढाउन व्यायाम आवश्यक हुन्छ। 

नियमित व्यायामले हाम्रो शारीरिक विकास बढाउँछ र हाम्रो समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ। व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन्। व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन्। वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ।

धेरै व्यायाम गर्नुका बेफाइदा

१. महिलाहरुलाई हुन्छ गाह्रो

Laxmi sunrise bank
kumari

जब एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ। यो स्थिती तब पैदा हुन्छ।

कैयौं महिलाहरुमा यो स्थिती यो कारणले पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन्।

२. प्रजननमा असर

शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन बरु महिलाहरुको योनैच्छामा पनि यसको प्रभाव पर्छ। यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ। किनभने धेरै मोटी महिलाहरु तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ।

यस्तै कम उमेरका केही महिलाहरु पनि धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ। यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ। त्यसैले त्यसको सेवन गरेपछि महिलाहरु आँफैलाई गर्भवती हुनबाट रोक्न सक्छन्। धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ। यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुलाई हेभी एक्सरसाइजबाट बँच्नुपर्छ। र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ।

३. पुरुषहरुको शुक्राणु संख्या घट्छ

पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ। जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ। हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं।

यदि तपाईं अत्याधिक थकाउने कठिन व्यायाम गर्नुहुन्छ भने तपाईंंको शरीरमा जसले सामान्य ट्रेनिङ सेसन फलो गर्ने मानिसहरुमा भन्दा कम शुक्राणु संख्या हुने सम्भावना हुन्छ।

लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले न शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ। त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले  फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ किनभने यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ।

जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र तपाईंको महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ।

के गर्ने ?

नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने तपाईंको शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ।

खासगरी जब तपाईं एक्सरसाइजको क्रममा धेरै उर्जा गुमाउनुहुन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ। त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ। यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ।

प्रकाशित: Oct 04, 2021| 05:15 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्