कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी ब्याजदर बढाएपछि राष्ट्र बैंकले बैंकहरुको व्याजदरमाथि नियन्त्रणात्मक नीतिगत व्यवस्था गरेको हो।
आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्याएका थिए।
सरकारले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दाको हकमा जम्मा ३५ दिन र राष्ट्रिय स्तरको बोलपत्रको हकमा जम्मा २१ दिनको अवधिमात्र दिइने गरी सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने भएको छ।
कर्णाली नदीमा पानीको वहाब खतराको तहभन्दा माथि पुगेको छ। जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।
सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ। बुधबार कोजाग्रत पूर्णिमादेखि दसैं औपचारिक रुपमा सकिने भएपनि सरकारी कामकाज सुरु भइसक्दा पनि दसैं बिदामा गएका कर्मचारीहरु फर्किइसकेको अवस्था छैन।