सोमबार, कात्तिक १७, २०८२

खड्‌कुँलोमा यात्रा गर्ने आकाश र ऐश्वर्याको जोडी

आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।
 |  मंगलबार, कात्तिक २, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– आकाश र ऐश्वर्या तोकिएकै मिति सोमबार विवाह गर्न तयार थिए। तर भारतको केरला राज्यको थालावाद्यको यो जोडीको विवाहलाई वर्षाले अवरोध गरिदियो। त्यसपछि खड्‌कुँलोलाई डुंगा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।

Kumaribank

वरवधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भारतीय सामाजिक सञ्जालमा भाइरल भएको छ। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्। आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।

केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ। वर्षाका कारण नदीमा पानीको तह बढेको छ। पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँ यातायात सञ्जालबाट विच्छेद भएका छन्।

आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन्।


प्रकाशित: Oct 19, 2021| 21:45 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।