सोमबार, फागुन १८, २०८२

मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती

स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्‍न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

kumari

जाजरकोट- दसैं र तिहारको बीचमा डोल्पाकोे फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ। स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्‍न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए।

दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए। दिनमा चार भन्दा बढी उडान पर्यटक लाई लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए। अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरू भरीभराउ भएका छन्। स्थलमार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे–फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू हुन्। 

दैनिक ४० भन्दा बढी पर्यटकहरूलाई होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए। यो सिजन डोल्पा घुम्ने सबै भन्दा उत्कृष्ट बेला हो। कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगायतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगाडले दिएको जानकारी अनुसार दिनमा एक सयभन्दा बढी पर्यटक फोक्सुण्डो तालतर्फ गइरहेका छन्। यस क्षेत्रमा मंसिरदेखि हिमपात सुरु हुन्छ। -हेमन्त केसी/न्युज कारखाना 


प्रकाशित: Oct 19, 2021| 22:30 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।