शुक्रबार, कात्तिक २८, २०८२

चितवन राष्ट्रिय निकुञ्‍जमा बाक्लै देखिन थाले बाघ

चितवन राष्ट्रिय निकुञ्‍जभित्र मंगलबार बिहान पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

चितवन- चितवन राष्ट्रिय निकुञ्‍जभित्र मंगलबार बिहान पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छन्।

National life

निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो। बाघको गतिविधिलाई उनले नजिकबाट नियाल्ने अवसर पाए। उनीसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे। एकसिंगे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन्।

घिमिरेले भने, 'अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।' विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उनको भनाइ छ। निकुञ्‍जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताए।

असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताए। त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उनले जानकारी दिए। 

उनले भने, 'तीन-चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाए।' निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उनको भनाइ छ। विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आउनुभएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताए।  

Laxmi sunrise bank
kumari

सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए। वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्‍न जानेहरुले बाघ देख्‍ने गरेको बताएको जानकारी दिए। 

उनले भने, 'हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन्।' उच्च सावधानी अपनाएर घुम्‍न वनले अनुरोध गरेको छ। सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ। पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताए।

दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन-चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ। केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उनले बताए। निकुञ्‍जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएको थियो। तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए। गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ। लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो। निकुञ्‍जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ। अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए।

 यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन्। पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो। यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन्। - रासस

प्रकाशित: Oct 19, 2021| 23:10 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।