बुधबार, जेठ २०, २०८३

कर्णालीले नहरको बाँध फुटाएपछि बस्तीमा त्रास

कर्णाली नदीमा निर्माण गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँध फुटेपछि कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा त्रास बढेको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- कर्णाली नदीमा निर्माण गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँध फुटेपछि कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा त्रास बढेको छ।

National life

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार सिँचाइ आयोजनाको मुख्य बाँध भने अहिलेसम्म सुरक्षित भए पनि साइड बाँध भत्किएर नहरमा अनियनित्रत तरिकाले पानी बगेको छ। नहरका ठाउँठाउँमा गेट बन्द गर्दासमेत पानी नरोकिएपछि जानकी गाउँपालिका- ९ का ५० घर परिवार र सोही वडास्थित खैरीफाँटाका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

‘महाकालीमा पानीको बहाव झनै बढिरहेको छ’, प्रहरी प्रवक्ता विष्टले भने, ‘रातको समयमा ठूलो घटना नहोस् भन्न मानिस सारिएका छन्। नहरको पानी नियन्त्रणभन्दा बाहिर गएको छ।’

उनका अनुसार टीकापुर नगरपालिका- ५ शाहीपुरमा तटबन्ध भत्किएर सो स्थानका पनि बस्ती डुबानमा परेका छन्। गाउँमा पानी पसेपछि सो क्षेत्रका नागरिकलाई वडा नम्बर- ५ स्थित वसन्तामा रहेको त्रिभुवन मावि र आफन्तको घरमा सारिएको छ।

‘रातिको समयमा पानी बढ्न सक्ने देखिएका कारण जोखिममा रहेका नागरिकलाई माइकिङ गरेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ’, प्रवक्ता विष्टले भने, ‘धेरै नागरिक सुरक्षित स्थानमा गइसकेका छन्, केही परिवार भने अटेरी गरेर जोखिम मोलेरै घरमा बसेका छन्।’

Shivam cement

रातिको समयमा समस्या भएका तत्काल उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी २०० भन्दा बढी सुरक्षाकर्मी टीकापुर क्षेत्रमा तैनाथ गरिएको उनले बताए। 

प्रकाशित: Oct 19, 2021| 20:11 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।