आइतबार, जेठ १७, २०८३

बाढीका कारण धरान–धनकुटा सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

विराटनगर- अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।

National life

लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका ६ फेदीमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिइन्। पानीको बहाव बढेको कारण सडक अझैँ क्षति हुने सम्भावना रहेको उनले बताइन्। उनका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। 

बाढीले सडक बगाएपछि सयौँ गाडीहरु बाटोमा नै रोकिएका छन्। यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। सडक बगाएको क्षेत्रमा कुनै बस्ती छैन। 

अविरल वर्षाका कारण राजमार्गका वरिपरि पहिरोको सम्भावना बढेको छ। निरन्तरको वर्षाका कारण हिले–भोजपुर सडकखण्ड पनि अवरुद्ध भएको छ। हिले भोजपुर सडक खण्ड अन्तर्गत पाख्रिबास नगरपालिका वडा नम्बर ६ डिकुरेमा सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सडक खुलाउन नसकिएको धनकुटाका प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले बताए।

प्रकाशित: Oct 19, 2021| 19:59 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।