नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘सरकारले विपन्न नागरिकका लागि डायलासिस निःशुल्क गरे पनि औषधि, विभिन्न परीक्षणका लागि बिरामीको केही न केही खर्च भइरहेकै हुन्छ। जुन आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सहज छैन।’
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ।
कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ।