बिहीबार, भदौ ४, २०८३

अविरल वर्षाले हुम्लामा २० घर भत्किए

आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्। एक सय घर उच्च जोखिममा परेका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

हुम्ला- आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्।  एक सय घर उच्च जोखिममा परेका छन्।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए।  ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए। सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ। सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेको छ।

अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ। दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। 

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन्। लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए।  -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 07:46 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।