मंगलबार, फागुन २६, २०८२

भारतमा नौ महिनामा एक अर्बले लगाए कोरोना विरुद्धको खोप

भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

नयाँ दिल्ली- भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ। बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडविरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ। 

National life

सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो। छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ। 

संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोभिडविरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन्। 

एक अर्ब जनसंख्याले खोप लगाएको अवसरमा भारतले बिहीबार विशेष कार्यक्रम मनाउँदैछ। रेल, विमान र पानीजहाजबाट लाउडस्पिकरमार्फत एक अर्ब जनसंख्याले खोप लगाएको घोषणापछि कोभिड सचेतनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिनेछन्। -एजेन्सी

प्रकाशित: Oct 21, 2021| 09:55 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।