काठमाडौं- बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले स्पेनिस क्लबलाई युरोपेली च्याम्पियन्स लिगमा पहिलो जित दिलाएका छन्। उनले डाइनामो किबविरुद्ध खेलको ३६ औं मिनेटमा निर्णाकय गोल गरेसँगै बार्सिलोनाले जित निकालेको हो।
जारी सिजनमा खराब सुरुआत गरेको बार्सिलोनाले पहिलो दुवै खेलमा हारको सामना गरेको थियो। उसले पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलको र दोस्रो खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग पनि ३–० गोलको हार बेहोरेको थियो।
बेन्फिकासँगको खेलमा बार्सिलोनाका एरिक गर्सियाले रातो कार्डको सजाय पाएको कारण उनी बुधबार रातिको खेलमा अनुपस्थित थिए। तर, गएरातिको खेलमा उसले पाहुना टिममाथि दबाब बनाउँदै जित निकाल्यो।
बार्सिलोनको मैदान क्याम्प नोउमा बुधबार भएको खेलमा उसले पाहुना टिमको पोस्टतर्फ ११ प्रहार गरेको थियो। त्यसमध्येको एक प्रहार सफल भएको हो।
पहिलो हाफमा पिकेका लागि जोर्डी अल्वाले गोल गरेका थिए। बार्सिलोनाविरुद्ध डाइनाको किबले ३७ प्रतिसत समय मात्र बल पाएको थियो। यो हारसँगै अंकविहित डाइनामो समूह ईको पुछारमा छ। तीन अंक बनाएको बार्सिलोना भने पुछारबाट दोस्रो स्थानमा छ।
सोहि समूहको अर्को खेलमा बार्यनले बेन्फिकामाथि ४–० गोलको सानदार जित निकालेको छ।